काठमाडौँ,०४ कात्तिक ।
आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ ।
जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ । त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।ब्लेटलगायत वस्तुको आयात घटेको छ ।
निर्याततर्प सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्प सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |