काठमाडौँ,०३ कात्तिक ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।
वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुँच पु-याई रहेको छ। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८/७९ मा बैैंंकको शेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |