धादिङ,०३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हातहतियार कात्तिक ५ गतेभित्र बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
बुधबार प्रशासनले एक सूचना जारी गर्दै कानूनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार कात्तिक ५ गतेभित्र आ–आफनो नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वस्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आ–आफनो हातहतियार नजिकको प्रहरी ईकाईमा बुझाउन प्रशासनले अनुरोध गरेको हो।
उक्त बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात हतियार धनीलाई नै फिर्ता गरीने प्रशासनद्धारा जारी सुचनामा भनिएको छ। साथै कोही कसैले विना ईजाजतका हतियार स्वत ःस्फुर्त रुपमा आ–आफना नजिकको प्रहरी इकाईमा बुझाउन समेत प्रशासनले आग्रह गरेको छ ।
निर्धारित समय भित्र आफुसँग रहेका हातहतियार नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार जफत गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |