गोरखा,०२ कात्तिक ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल हुनुभएको छ । यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।
प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उहाँले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जित्नुभएकोे निर्णायक दीपेश गिरीले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल हुनभएको हो ।
त्यसैगरी आज सम्पन्न ¥यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल हुुनुभएको आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |