काठमाडौँ,३१ असोज ।
माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सम्म उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसेको घोषणा गरे अनुशासनको कारबाही नहुने जनाएको हो ।
माओवादी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको मितिभित्र उम्मेदवारी फिर्ता नलिने बागी, तिनका प्रस्तावक र समर्थकलाई कारबाही गरिसकिएको र अझै प्रदेश र प्रतिनिधिसभाका बागी र स्वतन्त्र उम्मेदवारी दिनेले सोमबारसम्म पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित घोषणा गरे अनुशासनको कारबाही नहुने जनाइएको छ ।
यसअघि गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने जनाइसकेको छ । खासगरी, काठमाडौं १०, सर्लाही ४, सल्यानलगायतका जिल्लामा कांग्रेस र माओवादीका बागी उम्मेदवार दलका लागि टाउको दुखाईको विषय बनेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |