काठमाडौँ,३१ असोज ।
निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरूलाई आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले आइतबार काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसुदन पाठक (सिते बा), सिराहा २ का प्रतिनिधि सभा उम्मेदवार शिवशंकर यादव, सिरहा २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंहलाई स्पष्टीकरण सोधेको हो।
यस्तै काठमाडौं २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी १ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही ३ का प्रख्यात बञ्जाडे र नुवाकोट १ प्रदेश सभा क्षेत्र (ख) का दिपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण दिन भनेको छ।
विभिन्न अभियानका नाममा उम्मेदवारी दिएकाहरूले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह भन्दै प्रचार गरिरहेको पाइएकोले स्पष्टीकरण सोध्नुपरेको आयोगले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |