धादिङ,२९ असोज ।
धादिङमा आज ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २२ पुरुष र १६ महिला गरी ४० जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।
योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ३११ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ७३१ जना पुरुष र ५८० महिला गरी कुल एक हजार ३११ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७७१ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५५, गल्छीमा ४३, ज्वालामुखीमा ५८, बेनिघाट रोराङमा २२, सिद्धलेकमा ३०, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ७ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।
फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |