काठमाडौँ,२८ असोज ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
जसअनुसार कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।
जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका तर कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |