धादिङ, २७ असोज ।
बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेका खनियावास गाउँपालिका वडा नम्बर २ झार्लाङका बृद्धिमान तामाङको घर परिवार पहिचान गर्न समस्या भएको छ। रोजगारको सिलसिलामा मलेसिया गएर समस्यामा पर्नुभएका बुद्धिमान तामाङको धादिङ झार्लाङको परिवारसँग समन्वय नहुँदा नेपाल आउन समस्या भएको हो ।
समस्यामा पर्नुभएका बुद्धिमान तामाङलाई नेपाल ल्याउनको लागि दुतावास र प्रवासी नेपाली समन्वय समितिले पहल गरीरहेको छ।
नेपाल आउनको लागि एकतर्फी यात्रा अनुमति पत्र बनेपनि घर परिवार पहिचान नहुदा नेपाल आउदा लाग्ने खर्च नपठाउदा समस्या भएको हो।
नीलकण्ठ नगरपालिकाद्धारा सन्चालित सुरक्षित आप्रवास कार्यक्रम अन्तरगत आप्रवासी श्रोत केन्द्रले घर परिवार पहिचानको लागि पहल गरेपनि अहिले सम्म परिवारलाई सम्पर्क गर्न नसकिएको आप्रवासी श्रोत केन्द्रका सुचना तथा परामर्शदाता विनोद ढकालले जानकारी दिनुभयो ।
घरपरिवार पहिचान गर्नको लागि गाउँपालिकाका अध्यक्ष लगायत वडा अध्यक्ष र जनप्रतिनिधिहरुसँग समन्वय भईरहको ढकालले जानकारी दिनुभयो।धादिङको उत्तरी विकट क्षेत्रमा बसोबास गर्ने बुद्धिमान तामाङको परिवारलाई सम्पर्क ल्याउनको लागि समस्या भएको हो । फोन नम्बर पनि नभएको कारण समस्या भएकोहो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |