काठमाडौँ,२७ असोज ।
बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले काठमाडौंको एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |