धादिङ,२५ असोज ।
मैदीलाई १–० ले पराजित गर्दै सल्यानटार सिटीले नवौं खुल्ला क्लव स्तरीय ‘नाईन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लगनशिल युवा क्लब ज्वालामुखीको आयेजनामा ज्वालामुखी–७ स्थित धारापानी खेल मैदान आज सम्पन्न फाईनल खेलमा मैदीलाई १–० ले हराउदै सल्यानटारले नगद १ लाख ३० हजार नगद जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा उप बिजेता बनेको मैदीले नगद ६५ हजारमा चित्त बुझाएको छ ।पहिलो हाफ बराबरीमा रोकेको मैदीले दोस्रो हापको अन्तिम समयमा सल्यानटार सिटीका सन्तलाल गुरुङको १ गोलनै निर्णाक गोल हुँदा उपाधी सल्यानटारले जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले जनही पाँच हजार, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान चाररचार हजार प्राप्त गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |