काठमाडौँ,२५ असोज ।
नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । भेटवार्ता आज सैनिक मुख्यालय जंगी अड्डामा भएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् । भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए ।
यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |