धादिङ,१७ असोज ।
नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ ।तर केही वर्षयतादेखि धादिङ जिल्लाको गाउँघरमा पिङ कमै देख्न पाइन्छ । दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको छ ।
अहिलेको दशै भनेको खसि काटेर मासु खाने मात्रै भएको धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहका ७७ बर्षिय मोहन कुमार कोईरालाले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पुराना संस्कृति धेरै हराइसक्यो,हाम्रो पालामा सोह्रश्राद्ध लागेपछि लठ्ठा काटेर लठ्ठा बाट्थ्यौँ, रोटे पिङ, जाते पिङ हाल्थ्यौँ । अष्टमी दिन बेलुका देखि नाचगान हुन्थ्यो । पुर्णिमाको दिनसम्म रमाइलो हुन्थ्यो । हामी पहिलाको मान्छेलाई अहिले दशै त्यति रमाइलो लाग्दैन ।’
नीलकण्ठ नगरपालिका–८ ससाहका मोहन कुमार कोइरालाको आवाज.१..
यसलाई हामीले जर्गेना गर्नुपर्ने हो तर पछिल्लो समय बढ्दो आधुनिकता, पिङ खेल्ने मान्छे पनि हुन छाड्नु, पिङ हाल्ने बाबियो हराउनुले पिङ संस्कृतिको महत्वलाई घटाएको उहाँको बुझाइ छ । उहाँले युवापुस्ताहरुलाई बाजे,जिजु बाजेहरुले गरेको कामहरुलाई नछोडन, आधुनिकता र पढाइ लेखाई भएपनि आफ्नो संस्कृतिको जगेर्ना गर्न आग्रह गर्नुभएको छ । साथै पिङ राख्ने परम्परा लोप हुने अवस्थामा पुगिसकेको भन्दै उहाँले हाम्रो यस्ता चाडपर्व र संस्कृतिको जगेर्नाको निमित्त स्थानीय तहलाई कार्ययोजना बनाएर अघि बढ्न पनि सुझाव दिनुभयो ।
नीलकण्ठ नगरपालिका–८ ससाहका मोहन कुमार कोइरालाको आवाज.२..
विजयादशमीमा एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । युवापुस्तालाई यस बिषयमा चासो र चिन्ता देखिएको छैन।नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा र केही संख्यामा मात्रै सीमित रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |