धादिङ,१४ असोज ।
बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ ।
चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने तथा दुर्घटनालाई न्युनिकरण गर्न प्रमुख राजमार्गहरुमा टायमकार्ड लागु गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।
सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु भएको हो ।
थप टायमकार्ड लागु भएका राजमार्गहरुमा पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडा देखि चितवनसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङ सम्म थप गरिएको हो ।
टायमकार्ड लागु गरिएकाउल्लेखित राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएको प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |