काठमाडौं । गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ ।
१ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरु हुनेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ ।
प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ । २३-३१ भदौगतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |