धादिङ १०,असोज । ग्रामीण यातायात धादिङ प्रा.ली.ले आफ्नो टिकट अनलाईन बाट पनि बुकिङ खुल्ला गरेको छ ।
चाडपर्व नजिकदै गर्दा यातायात ब्यवसायीहरुले टिकट ब्यवस्थित र पारदर्शी गर्न नसकिरहेको गुनासो आईरहेको बेलामा ग्रामीण यातायात धादिङ प्रा.ली.ले भने अनलाईन बाट नै बुकिङ खुल्ला गरेको हो ।
अव काठमाण्डौ बाट धादिङको आरुघाट,फुलखर्क र धादिङबेशी आउन चाहने यात्रुहरुले विना झन्झट अनलाईन बाट बुकिङ गरी यात्रा गर्न सक्ने छ ।
बुकिङ गर्न बससेवा डटकम लगअन गरि अनलाईन सेवा लिन सकिने प्रा.लि.का अध्यक्ष राजेन्द्र अधिकारीले बताएका छन् ।
उनले दशै तिहारमा धादिङ जानको लागी केहि समस्या आएमा आफ्नो मोवाईल न ९८१३०८०९४६ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
ग्रामीण यातायात धादिङ प्रा.ली.ले चाडपर्वलाई लक्षित गर्दै नयां तथा स्तरीय बस सेवा संचालन गर्दै आईरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |