काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार मापन गर्ने सूचक २३.३८ अंक ओर्लिँदा १८१५.१३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले घटेर ३५५.६० बिन्दुमा रोकिएको छ ।
२२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका अधिकांश उपसूचक फराकिलो दरले घटेका छन्। कारोबारमा बैंकिङ समूहको ९.०५, विकास बैंक ४९.३१, वित्त कम्पनी ३९.०४, जलविद्युत ५०.२९, जीवन बीमा ६३.३०, उत्पादन तथा प्रशोधन ८४.४६, माइक्रोफाइनान्स ५१.२४, निर्जीबन बीमा समूहको उपसूचक ५९.१० अंकले घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |