काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो । आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ ।
निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |