धादिङ,०७ असोज।
सिद्धलेक गाउँपालिका–२ स्थित नलाङको खिर्रेमा असोज २१ गते देखि भलिबल प्रतियोगिता हुने भएको छ । तमु युवा समाज, सिद्धलेकको आयोजनामा यही असोज २१ गतेदेखि २३ गते सम्म अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रमको साथमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछ । साथै बेष्ट स्पाईकर र बेस्ट प्लेयरलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जुनसुकै जिल्लाको भए पनि एउटै गाउँ तथा नगरपालिकाको अनिवार्य ६ जना हुनु पर्ने, खेलाडीले अनिवार्य नागरिताको फोटोकपि पेस गर्नु पर्ने, साथमा प्रष्ट अनुहार देखिने नागरिताको फोटो वा मोबाईलमा खिचेर ल्याएको हुनुपर्ने र नागरिता नबनेकाको हकमा धादिङ जिल्ला भित्रका खेलाडीको लागि जन्म दर्ता र विद्यालयले सिफारिस हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक पालिकाहरुले ९ जना खेलाडी, टिम कोच १ र टिम म्यानेजर १ सहित असोज २० गते सम्म टिम दर्ता गरिसक्नुपर्ने छ। टिम दर्ता गर्दा शुल्क रु ५ हजार तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सिद्धलेक गाउँपालिका, सह प्रायोजक उग्रचण्डि युवा क्लब र सहयोगि संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघ, सिद्धलेक भलिबल संघ र जीवन ज्योति युवा क्लब रहेको छ । फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |