चितवन, ०४ असोज ।
चितवनमा डेंगु भएका २८ वर्षीय युवकको मृत्यु भएको छ ।
चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार उपचारका लागि पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका रत्ननगर नगरपालिका-१ का २८ वर्षका युवकको आइतबार मृत्यु भएको हो ।
सो अस्पतालका चिकित्सक डा. आलोक प्रधानले अस्पताल आएको दुई घण्टाभित्रै ती व्यक्तिको मृत्यु भएको जानकारी दिए । उच्च ज्वरो र लगातार वान्ता हुन थालेपछि आइतबार मध्यन्ह तिर उनी उपचारका लागि आएको डा।प्रधानले बताए ।
उनको परीक्षण चार पाँच दिन पहिल्यै अन्यत्र नै भएको प्रधानको भनाइ छ । डेंगुका कारण चितवनमा यो वर्ष भएको यो पहिलो मृत्यु हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |