सिताराम कोईराला
अध्यक्ष,माक्सवाद अध्ययन प्रतिष्ठान, धादिङ
सविधान विभिन्न कानुनहरुको मुल कानुन हो । आफ्नो लागी कस्तो संविधान बनाउने भन्ने बिषय त्यस देशको सार्वभौम नागरिकमा निहित हुनुपर्दछ । नेपालको सन्दर्भमा नेपाली जनताको भाग्य र भविस्यका फैसल्ला गर्ने संविधान नेपाली जनताले नै बनाउन पाउनु पर्छ भन्ने माग बिगत लामो समय देखि बिभिन्न काल खण्डहरुमा उठ्दै आए ।
२००७ सालमा राजा राणा र काग्रेस बिचको त्रिपक्षिय दिल्ली सम्झौतामा राजा त्रिभुवनले संविधान सभाको निर्वाचन गराउने कुरामा सहमती जनाएर पुन दरवार फर्किएका थिए ।तर त्यो कार्यन्वयन भएन । २०१५ सालमा सिदै संसदको चुनाव भयो । २०१७ सालको शाहि कू पछि संविधान सभाको एजेन्डा नेकपाको दरभङ्ग चेनममा मोहन बिक्रम शिहले उठाउनु भयो तर त्यसले सार्थकता पाउन सकेन ।२०४६ सालको परिवर्तन पछाडी सयुक्त जनमोर्चाको एक हिस्साले संविधान सभाको मुद्धा आयो तर त्यसको दम त्यति ओझपुर्ण देखिएन । कागं्रेस बाम मोर्चा संबिधान सभाको पक्षमा थिएनन् संवैधानिक राजतन्त्र सहितको बहुदलिय ब्यवस्था उनिहरुको प्राथमिकतामा थियो ।
२०५२ सालको जनयुद्ध सुरुहुनु पुर्व माओवादीले सरकालाई बुझाएको ४० बुदे मागमा सविधान सभा जवरजस्त मात्र थियो । २०५२ साल फागुन १ देखि माओवादीले घोषित जनयुद्धको शुरु ग¥यो । २ पटक सम्म भएको बार्तामा संविधान सभा अन्तरिम सरकार गोलमेल सम्मेलन मुख्य एजेन्डा थिए । अननगत्व नेपाली जनताको महान बलिदान १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले २००७ साल देखि कष्टपुर्ण तरिकाले बसिरहेको सविधान सभाको माग ५५ बर्षपछि जवरजस्त स्थापना भयो । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा संविधान सभाको लागी वलिदानी पुर्ण शशस्त्र बिद्रोह गरेको मुख्य हिस्सेदार पार्टी नेकपा माओवादीलाई नेपाली जनताले गहिरो बिश्वास र सप्रेमका साथ अभिमत जाएर गरी संसदमा अत्याधिक प्रतिनिधित्व सहितको ठुलो पार्टी बनाए । सरकारको नेतृत्व गर्ने अवसर पनि माओवादीले नै पायो । विडम्बना त्यो अवधिमा संबिधान बन्न सकेन । माओवादी आफै आन्तरिक झमेलामा फस्यो । जनताले जनताको सबिधान बनोस् भनेर दिएको अभिमतलाई बुझ्न सकेन । कहिले बिद्रोहको कार्यदिशा कहिले शान्ति र सविधानको कार्यदिशाको खैजडी बजाउन नै ब्यस्त हुदै जाँदा अन्तरकलह र बिभाजनमा समय गुजा¥यो ।
संविधान सभाको पहिलो कार्यकाल अवसान भयो । २०७० को दोस्रो संविधान सभामा पुग्दा मुख्य हिस्सेदार पार्टी प्रति जनताको बिश्वास घट्यो र तेस्रो बनाई दिए,अन्तत २०७२ साल असोज ३ आजको दिनमा संविधान सभा बाट नेपालको सविधान जारी भयो । तर सर्व स्वीकार्य भने हुन सकेन, कतै दिपावली,ब्याल्क आउट, कतै आधि गिलास जस्ता प्रतिक्रिया आए । आफै बाट पुनिएका प्रतिनिधिहरु बाट बनेका सविधानले देश र जनताको मुहारमा परिवर्तन आउछ, दुखि जीवन केहि सरल र सहज हुन्छ भन्ने नेपाली जनताको अपेक्षा थियो । अपशोच ति शुन्दर र निश्वार्थ अपेक्षा माथि तुसारापात हुदै गएको छ । संविधानको घोषणा मात्र ठुलो कुरा होईन रहेछ, घोषित संविधानको कार्यन्वयन चाहि ठुलो करा रहेछ ।
संविधान घोषणा भएको ७ बर्ष पुग्दा नपुग्दै संविधानको बारेमा धेरै औलाहरु ठडिन पुगेका छन् । संविधानमा निदिष्ट गरिएका नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा दायित्व, अख्तियारीको दुरुपयोग तथा सदुपयोग राष्ट्रिय सुरक्षा जस्ता संविधानमा प्रत्याभुत भएका बिषयका कार्यन्वयनमा सरकार र सम्बन्धीत पक्षको ध्यान कतिको पुगेको छ ? संविधान वनाउनेहरुको जीवनमा त चमत्कारिक परिवर्तन आयो होला, संविधान बनाउन त्यहा पु¥याउने जनताको जीवन दिनानुदिन कुन अवस्थामा पुगेको छ ? यहि थियो त नेपाली जनताको अपेक्षा ?
आदि सताब्दी भन्दा बढि बिसौ हजारको बलिदान बाट प्राप्त संविधानको घोषणा भएको खुसीयालीको आज तर देश हरेक पक्ष र तहको बेतिथि,बिसङ्गती बाट गुर्जीरहेको छ । त्यसको भारमा नेपाली जनता निराशा र अभाव बाट निधार खुम्चाईरहेका छन् । ५० औ बर्ष पटक पटक नेपाली जनताको त्याग,बलिदान बाट भएको उपलब्धिको रक्षा र सहि कार्यान्वयन होस पुन नेपाली जनता सडकमा जाने अवस्था नबनोस । हार्दिक शुभकामना सवैमा ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |