धादिङ ३,असोज । संविधान दिवसको अवसरमा बेनिघाट रोराङ गाउपालिकाले गाउपालिकाका उत्कृष्ट कर्मचारी र सहिद बेपत्ता परिवारलाई सम्मान गरेको छ ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामूख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमको आयोजना गरि पालिकाले सम्मान गरेको हो ।
सम्मान पाउने उत्कृष्ट कर्मचारीमा लेखा अधिकृत सन्तोष अर्याल,स्वास्थ्य शाखा प्रमुख शकरबावु दुवाडी,वडा सचिव केशर भुजेल र प्रशासन शाखाका सहायक शुशिला गिरी रहेका छन् ।त्यसै गरी कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाबाट जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने र बेपत्ता भएका २७ परिवारजनलाई समेत नगद सहित सम्मान गरेको छ ।
चन्द्रोदय माविको प्राङ्गणमा गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी, बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष हरि डल्लाकोटी,नेपाल रेडक्रस सोसाईटीका सभापति नारायण तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महराले नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ठ संविधान रहेको बताउनु भएको छ । उहाले गणतन्त्र, संघीयता, समावेशी समानुपातिक सहभागिता नै अहिलेको संविधानको मूल विशेषता रहेको र निरंकुश सत्ताको अन्त्यको निमित्त १० वर्षे जनयुद्ध भएको र त्यसकै फलस्वरुप देशमा आमूल परिवर्तन आएको बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |