धादिङ,०३ असोज ।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।काठमाण्डौ दशरथ रङ्गशालामा हुने खेल आज बेलुकी ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ ।
साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।
आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ। यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |