धादिङ २,असोज । संविधान दिवसको अवसर पारेर नीलकण्ठ नगरस्तरीय मावि तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजना तथा सामाजिक अध्ययन विषयगत समितिको संयोजनमा उक्त हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा महेद्र मा.वि प्रथम,नीलकण्ठ मावि द्धिप्तिय,धादिङ बोर्डिङ मावि तृतिय र चण्डेश्वरी माविका भाईबहिनीहरुले सात्वना स्थान हासिल गरेका छन् ।
विजेता हुन सफल प्रथम टिमलालाई नौ हजार, द्धिप्तियलाई छ हजार,तृतियलाई चार हजार पांच सय र सान्त्वनालाई तिन हजार नगद,प्रमाणपत्र र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा नगरपालिका भित्रका १३ वटा बिद्यालय सहभागी भएका छन् ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका सामाजिक अध्ययन विषयगत समितिको संयोजक चिनामाया श्रेष्ठको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |