हेटौंडा, ०२ असोज।
बागमती प्रदेश स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा गरिएको हो । विश्व आत्महत्या रोकथाम दिवसको रुपमा नेपाल प्रहरीले उपत्यकामा केन्द्रियस्तरको, ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरिय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्याली सहितको सचेतनामुलक कार्यक्रम आज देशैभरी एकैपटक संचालन गरेको छ ।
बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राङगढबाट प्लेकार्ड, माईकिङ, प्रहरी व्याड सहित प्रभातफेरी शुरुभई रोयल पाटी प्यालेस हेटौंडामा एक समारोहवीच कार्यक्रम गरिएको थियो ।
प्रहरीले देशव्यापी संचालन गरेको यस कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको हुँदा यसले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई झकझकाएको कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताए । कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लगि नीति बनाउन फलदायी हुने बताए । मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएको हुँदा यसलाई जोगाउन सवै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेको समेत उनले बताए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न बागमती प्रदेश प्रहरीले विगतदेखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेकोमा यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा बढोत्तरी गर्दै आगामी दिनहरुमा अझबढी सक्रियताका साथ कार्य गर्ने कुरामा जोड दिए । बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले कार्यक्रमबारे प्रकाश पार्नुका साथै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गरेका थिए ।
बागमती प्रदेशमा आर्थिक वर्ष २०७६।०७७ मा ९ सय ३५, २०७७।०७८ मा १ हजार ३६ २०७८।०७९मा ९ सय २ आत्महत्या घटना घटेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । त्यस्तै धादिङमा आर्थिक वर्ष २०७६।०७७ मा ९७, २०७७।०७८ मा १ सय ४२ र २०७८।०७९मा ९६ जनाले आत्महत्या गरेको घटना रहेको प्रहरीले जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |