धादिङ १, असोज । नेत्रावती डवजोङ गाउपालिका र आईसिडिसी धादिङको सयुक्त आयोजनामा वडा न ४ स्थित दमैछाप र खजुरीस्वारामा स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरिएको छ ।
आज गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि उक्त स्थानका ७७ घर धुरीलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
बितरण गरिएको सामाग्रीहरुमा फोहोर राख्ने डस्विन, शौचालयमा राख्ने हर्पिस,सावुन,फिनेल, ब्रस र प्रति घर १ झुल रहेका छन् ।
कार्यक्रमकै अवसर पारेर नेत्रावती डवजोङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र आईसिडिसिका राजन दुवाडीले ब्यक्तिगत सरसफाई,चर्पीको प्रयोग, र डेङगु रोकथामको लागी गर्नुपर्ने उपायहरुको बारेमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष तिल बहादुर गुरुङ, आईसिडिसिका संस्थापक सदस्य बलराम लम्साल लगाएतको उपस्थिति रहेको थियो ।
गाउपालिका र आईसिडिसिको सयुक्त पहलमा यस आवमा उक्त क्षेत्रमा एक घर एक शौचालय समेत निर्माण गर्न लागिएको गाउपालिकाका सुचना अधिकारी कृष्ण बहादुर पौडेलले बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |