सिताराम कोइराला
अध्यक्ष
माक्सवाद अध्ययन प्रतिष्ठान धादिङ
आज सेप्टेवर १६ का माओत्सेतुङको ४६ औँ स्मृति दिवस हो । सन् १८९४ डिसेम्वर २६ मा जन्मेका माओको सन् १९७६ सेप्टेम्वर १६ मा मृत्यू भएको थियो । उहाँको भौतिक शरिर नभए पनि विश्वका शोषित,पिडीत जनतालाई उहाँले देखाउनु भएको बाटो, योगदान युगौ युग सम्म अजय अम्मर र सान्धर्विक रहने छ । उहाँको यो स्मृतीको अवसरमा चिनीया कम्युनीष्ट आन्दोलन साथै दुनियाकै कम्युनिष्ट आन्दोलनलाई उहाँले पु¥याउनु भएको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ ।
सन् १९२१ जुलाई १ को दिन संघाइमा का.माओ सहित १२ जना सम्मीलित प्रथम राष्ट्रिय कागे्रसको आयोजना गरि,चिनिया कम्युनिष्ट पार्टि विधिवत स्थापना भयो । उक्त पार्टिले १९४९ अक्टोवर १ मा क्रान्ति सम्पन्न गरि जनगणतन्त्र चीन संसारमा आज एक बिशाल शक्तिशाली राष्ट्र वन्न पुग्यो । त्यसका प्रनेता विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता श्रदय का माओले सामना गर्नु परेको बाह्रय आक्रमण, स्वयम देशको प्रतिक्रियावादी चेङकाइसेक, हत्यारा कोभिन्ताङ सेना र पार्टी भित्रकै विभिन्न खाले गलत तत्वको विरुद्घ लाग्नु परेको २ लाइन सघर्षको अध्ययन नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताहरुका लागि शिाक्षपद वन्न सकोस । विभिन्न खाले मतभेद,अन्तरविरोध,शाक्ति सघर्षले चरम रुप लिदा पनि व्यवस्थित २ लाईन सघर्ष चलाउदै , नेतृत्व वहुमत र अल्पमतमा खेल्दै चिनमा कम्युनिष्ट पार्टि एउटै रहिरयो ।
चिनको अन्तरपार्टि सघर्षलाई ३ भागमा विभाजन गर्न सकिन्छ ।
१. छन् तू श्यूको दक्षिणपन्थी आत्मासर्मपर्णवादी, विर्सनवादी लाइन जसमा पछि लिलि सान वाङ मिङहरु देखा पर्दै गए ।
२.तात्कालिन सोमियत खुकूचोनी लाइन लियू शाओचीहरु पछि सम्म पूँजीवादको रुपमा रहि रहे ।
३.देश द्रोहि एंव नेतृत्वको हत्या सम्मको षडयन्त्र गर्ने लिन प्याओवादी । चिनमा क्रान्ति सम्पन्न गर्न अत्यन्तै कठिन थियो, त्यहाको भुगोल ३ क्षेत्रबाट शासित थिए । (क) जापान अधिनष्ट क्षेत्रहरु (ख) कोमिनताङ शासीत क्षेत्रहरु (ग) कान्तिकारी आधार क्षेत्रहरु । सन् १९२१—१९४९ को चिन अनेक शक्तिशाली तर युद्धरत साम्राज्यवादी देशहरु र चिनको सामन्ती शक्तिहरु द्धारा शोसित एउटा विशाल अर्ध औपनि वेशिक, अर्धसामन्ती देश थियो । तसर्थ का माओले सामन्तवाद साम्राज्यवाद विरुद्धको संघर्षलाई नै चिनिया क्रान्तिको तत्कालिन लक्ष्यको मुख्य कार्यभार बनाउनु भयो । चिनिया क्रान्तिको तत्कालिन अवस्थामा सैनिक संघर्ष राजनितिक संघर्षको मुख्य रुप थियो । युद्ध गर्नु जन कार्य गर्नु कोष संकलन गर्नुलाई अर्थ उत्पादन संग पनि जोडिएको थियो ।
वैचारिक दृष्टिकोण र चिन्तन विधिमा माओ स्पष्ट हुनु हुन्थ्यो, उहाँ भन्नुहुन्थ्यो “सबै प्रश्नहरुको विष्लेषण गर, तर हेरक कुरालाई अश्विकार नगर” निम्न पूँजीवादी चिन्तन विधिले समस्यालाई मनोगत र एकपक्षीय ढङ्गले हेर्छ र निम्न पूँजिवादी वर्गको राजनैतिक प्रवृत्ति बिचमा ढुलमुले वाम र दक्षिणपन्थी बिच एता र उता खेलिरहने हुँदा अन्तत दक्षिणपन्थीको बैशाकी टेक्न पुग्छ । सामान्य रुपमा पूँजीपती वर्गको जीवनशैली उठबस सहकार्यले अनतत्वगत्वा सर्वहारा वर्गको जीवनशैलीमा फर्कन कठिन हुँदै जाने र लुलाले भनेझैँ प्रतिक्रियाबादीको अत्तरले विकृतहुँदै जनताको गन्धलाई सहन नसक्ने हुन्छन् ।
नेपालका कम्युनिष्ट पार्टी भित्र देखिएको एकल नेतृत्व र व्यक्तिको अधि नायकवादी चिन्तनको सवालमा माओको केहि दृष्टिकोणहरु मनन योग्य छन् ।
“जनवादमा आधारित केन्द्रियता र केन्द्रियताको मार्गदर्शनमा जनवाद”
“कम्युनिष्ट पार्टी भित्र सधै मेरै चल्छ भन्ने बुझाइको विरोध गर”
“अल्पमत होस तर सत्य नछोड,सामूहिक नेतृत्व कायम गर”
“हरेकका विचारहरुलाई व्यक्त हुँन देउ”
का माओको जीवनशैली र व्यवहार अत्यन्तै अनुकरणीय थिए । सन् १९४७ को क्रान्ती चरम सिमामा पुगेको अवस्थामा र सन् १९४९ को क्रान्ती सम्पन्न पश्चात केन्द्रिय कमिटीका अधिकाश कामरेडहरुले माओवाद राख्ने प्रस्ताव राख्दा उहाँले भन्नु भयो “म माक्र्स एग्लेस र लेनिनको शिष्य र अनुयायी हो, उहाँहरुको दर्शन, सिद्धान्त र विचारको आधारमा मैले चिनिया क्रान्तिको नेतृत्व गरेको हो, त्यस कारण मेरो छुट्टै दर्शन छैन” तसर्थ चिनको नौलो जनवादी क्रान्ति माओको अनुभव सिद्ध विचारमा आधारित सफल क्रान्ति थियो ।
एक प्रसङ्गः माओलाई पहिलो भेट्ने नेपाली कम्युनिष्ट नेता गौरीभक्त प्रधान थिए ।(का. सहनाको दाजु) उहाँले माओलाई भन्नुभयो “का च्यारमेन का. लेनिन त औपचारिक मिटिङ्गमा बस्दा टाइसुट लगाउनु हुन्थ्यो, तपाई किन खागीको यो लम्बु बख्खु कोटमा ?” माओले उत्तर दिनु भएछ “चिनिया जनताले जस्तो लगाउँछन, म त्यस्तै लगाउँछु, चिनिया जनताले जस्तो खान्छन् म त्यस्तै खान्छु, म मेरा देशको उत्पादन लाउन र खानमा खुसी छु ” ।
हार्दिक श्रद्धान्जली/लाल सलाम
का. माओत्सेतुङ्ग
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |