काठमाडौँ,३० भाद्र ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको चाबी माओवादीको हातमा होस् भन्ने जनताको चाहना रहेको बताएका छन् । पोस्टबहादुर बोगटीको स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहना जनताले देखाएको दाबी गरेका हुन् ।
तर, यसका लागि माओवादीका नेताहरुबीचको एकता आवश्यकता पर्ने प्रचण्डको भनाइ छ । गत स्थानीय तह निर्वाचनमा आन्तरिक रुपमा एकता हुन नसक्दा नतिजा राम्रो आउन नसकेको बताएका उनले आसन्न निर्वाचनमा नेताहरु एकजुट भएर जानुपर्ने बताए । देशको राजनीति आफूमा केन्द्रित हुने गरेकाले कहिलेकाहीँ आफू सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको प्रचण्डको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |