काठमाडौँ,२८ भाद्र ।
एक सातापछि आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार बजार मापन गर्ने सूचक २१.३० अंकले बढेर परिसूचक १९३४.०४ बिन्दुमा रोकिएको छ ।
आज २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ३७६.१७ बिन्दु पुगेको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको १०.९१, विकास बैंक ६०.०३, वित्त कम्पनी ३४.११, जलविद्युत २०.७८, जीवन बीमा ९६.२२, उत्पादन तथा प्रशोधन ९०.६५, माइक्रोफाइनान्स ५३.५८, निर्जीबन बीमा समूहको उपसूचक ५८.७७ अंकले बढेको छ । बजारमा हरियाली छाउँदा बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |