भाद्र २७, धादिङ । खनियाबास गाउपालिकाले गाउपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता बृद्धि तालिम दिएको छ ।
आज धादिङबेशी स्थित आर.के होटलमा एक कार्यक्रम बिच उक्त तालिमको उद्घाटन गरिएको हो ।
गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा कोलेनिका धादिङका प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माको बिशेष आतिथ्यता रहेको थियो ।
भोली सम्म संचालन हुने उक्त तालिममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्थानिय सरकार र सुशासन सम्बन्धी अभिमुखिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माले सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आर्थिक ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण गर्नु भएको हो ।
त्यसै गरी कार्यक्रममा सह प्राध्यापक मिलन श्रेष्ठले स्थानिय सरकार संचालन सम्बन्धि सेसन संचालन गर्नु भएको थियो ।
गाउपालिका बाट प्रवाह गरिने सेवालाई चुस्त दुरुस्त बनाई सेवामा थप प्रभावकारी बनाउन सहयोग पुगोस भनेर यस किसिमको तालिमको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीले बताएका छन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |