काठमाडौँ,२६ भाद्र ।
सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक पुनः बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुनस बस्ने नेताहरूले बताएका छन् ।
भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। ‘अझै पनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आज सहमति हुन सकेन । भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको छ ।’ खनालले भने ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |