धादिङ,२५ भाद्र ।
धादिङको एड्भान्स एकेडेमी राष्ट्रिय लोकनृत्य प्रतियोगितामा दोस्रो हुन सफल भएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिता धादिङको एड्भान्स एकेडेमी द्वितिय बन्न सफल भएको हो ।
पोखरामा सम्पन्न भएको प्रतियोगितामा दोस्रो हुन सफल एड्भान्स एकेडेमीले नगद ७५ हजार रुैपँया जितेको छ ।प्रतियोगितामा प्रथम भने प्रदेश १ मोरङको सिध्दार्थ मावि हुन सफल भएको छ । प्रथम भएसँगै सिद्धार्थ माविले नगद १ लाख रुपैयाको पुरस्कार जितेको छ ।
तृतीय भने गण्डकी प्रदेश कास्कीको कुम्दिनी होम बोर्डिङ स्कुल सफल भएको छ ।
उसले नगद ५० हजार पुरस्कार जितेको छ । यस्तै प्रतियोगितामा धनुषाको चिल्ड्रेन गार्डेन स्कुल, कैलालीको वेस्टर्न इङ्लिस बोर्डिङ स्कुल, इन्टरनेशनल कोअपरेटिभ बोर्डिङ स्कुल लगायत सहभागी सबै विद्यालयलाई नगद २५–२५ हजार प्रदान गरीएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |