धादिङ,२२ भाद्र ।
नेत्रावती डवजोङ गाउपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाकोे आयोजना तथा तिलगंगा आंखा प्रतिस्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सोमबार र मंगलबार भएको आँखा शिविरबाट ३४९ आँखाका बिरामीले सेवा लिएका छन् ।
भाद्र २० गते सोमबार गैह्रा सामुदायिक स्वास्थ्य ईकाईमा संचालन भएको शिविरमा ६८ जना पुरुष र ४८ जना महिला गरि ११६ जनाले आंखा जाच गराएका थिए । उक्त स्थानमा भएको आँखा जाँचको क्रममा १४ जनामा मोतियाबन्दु भएको भेटिएको थियो ।
शिविरमा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह,सुचना अधिकारी कृष्ण बहादुर पौडेलले अवलोकन गरेका थिए ।त्यसै गरी भाद्र २१ गते नेत्रावती डवजोङ अस्पताल भोग्टेनीमा भएको शिविरमा ८४ जना पुरुष र १४९ जना महिला गरि २३३ जनाले आँखा जांच गराएका थिए । जसमा १४ जनामा मोतिया बिन्दु भएको पाएको छ ।
शिविरलाई धादिङ सामुदायिक आखा केन्द्रका प्रमुख रामसिङ तामाङले नेतृत्व गरेका थिए ।शिविरमा मोतियाबन्दु देखिएका २८ जनालाई यहि भाद्र २७ र २८ गते धादिङ सामुदायिक आखा केन्द्रमा शल्यक्रिया गरिने र उक्त २८ जनालाई आवत जावत खर्च गाउँपालिकाले व्यहोर्ने स्वास्थ्य शाखा प्रमुख एवम सुचना अधिकारी पौडेलले बताउनु भयो ।
शिविरमा नेत्रावती डवजोङ गाउपालिका र नुवाकोटको म्यागाङ गाउपालिकाका बासिन्दाहरुले सेवा लिएका थिए ।प्रत्येक बर्ष नियमित रुपमा गरिदै आएको शिविरलाई यस आर्थिक बर्षको सुरुवातमा नै गाउंबासीको मागलाई मध्यनजर गर्दै संचालन गरिएको सुचना अधिकारी पौडेलले बताउनु भयो ।
शिविर अवलोकन पश्चात गाउँपालिकाका अध्यक्ष रिजालले गाउपालिकाको बस्ती बस्तीमा आगामी दिनमा शिविर संचालन गर्दै जाने बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |