काठमाडौँ,२१ भाद्र ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनकाे सिट बाँडफाँटमा आफ्नो पार्टीले ६० सिट पाउने दाबी गरेका छन् ।
मंगलबार पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि धनगढी पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सय सिट दाबी गरेको नेपाली कांग्रेसले ८० सिटमा सहमतिको प्रयास भैरहेको र माओवादी पनि ६० सिट वरिपरी सहमति गर्नेतर्फ उन्मुख रहेको बताएका हुन् ।
‘कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं । ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरि होला भन्ने हाम्रो विश्वास छ।’ उनले भने ।
त्यस्तै, एकीकृत समाजवादी र जसपाले पनि २५ सिटमा दाबी गरिराखेको स्थिति रहेको र यसलाई सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको पनि जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |