काठमाडौँ,१८ भाद्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने, जनताको सार्वभौसत्ता सम्पन्न अधिकारमाथि हस्तक्षेप गर्नेको साथ नदिन आग्रह गरेका छन् ।
नेकपा एमाले सुनसरी ३ क्षेत्रीय समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न आग्रह गरे ।
उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्ति सरिक नहुने बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी प्रशासन र राष्ट्रसेवकहरू सारिक नहुने विश्वास व्यक्त पनि गरे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |