धादिङ,०५ भाद्र ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा गायन प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १ देखी ८ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुबिच सम्पन्न भएको गायन प्रतियोगितामा प्रत्येक कक्षाबाट एक– एक जना उत्कृष्ट गायक छनौट गरीएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको गायन क्षमता पहिचान गर्न र गायनप्रीत रुचि जगाउनको लागि प्रतियोगिताको आयोजना गरीएको प्रिन्सिपल भिम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगतामा सहभागि मध्ये प्रत्येक कक्षाबाट एक एक जना उत्कृष्ट विद्यार्थीलाई छनौट गरीएको छ ।छनौट हुनेहरुमा कक्षा १ मा परिधि भट्ट, कक्षा २ मा सुप्रिया इटनी, कक्षा ३ मा सुनिता शाक्य, कक्षा ४ मा रिकेश थपलिया, कक्षा ५ मा आयाम खतिवडा, कक्षा ६ मा बादल परियार, कक्षा ७ मा सुश्मिता महतो र कक्षा ८ मा साधना तामाङ पुरस्कृत भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट गायक छनौट भएकाहरुलाई मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । एड्भान्स एकेडेमीले विद्यार्थीहरुको क्षमता अनुसारको विविध गतिविधिहरु विद्यालयमा सन्चालन गर्दै आईरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |