काठमाडौँ,०४ भाद्र ।
नेपाल क्रिकेट संघ (क्यान)ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । विश्व प्रसिद्ध डिजिटल प्लेटफर्म क्रिकएचक्युसँग तीन वर्षका लागि सम्झौता भएको क्यानले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
क्रिकएचक्युले लाइभ स्कोरिङ, म्याच रिपोर्ट, एनालिटिक्स, डिजिटाइजेसन लगायतका काम गर्दै आएको छ । सम्झौतापछि क्रिकएचक्युका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एरिन वाल्सले खुशी व्यक्त गर्दै लामो समयसम्म सहकार्य गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले पनि क्रिकएचक्युसँगको सम्झौताबाट उत्साहित रहेको बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |