काठमाडौँ,३० साउन ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो । कुल दुई अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार एक अर्ब ८७ करोडको कारोबार भएको थियो ।
बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढेको छ । कुल १८० कम्पनीको मूल्य बढ्दा चारवटा कम्पनीको मात्रै घटेको छ ।
सात कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |