काठमाडौँ,२७ साउन ।
काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल बुकिङका लागि आब्हान गरेको छ।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौं देखी ५ भदौंसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो ।
सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने आयोजकले नाडाले जनाएको छ । पछिल्लो समय इन्धनमा चर्को मूल्य वृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिर्दै गएको छ ।
सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |