काठमाडौँ,२४ साउन ।
वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन । पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ ।
विभागका अनुसार पछिल्लो एक वर्ष अर्थात गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए ।
पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ ।
२०७९ साल सुरु भएपछिको तीन महिना– वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ । श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |