काठमाडौँ,२२ साउन ।
गत आर्थिक वर्ष २६ वटा वाणिज्य बैँकमध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैँकले कमाएको छ ।
सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बँैकले गत आर्थिक वर्ष पाँच अर्ब २१ करोड नाफा कमाएको हो । हिजोसम्म २६ वटै वाणिज्य बैँकहरूले सार्वजनिक गरेको विवरण अनुसार ग्लोबल आईएमई बैँकले ५ अर्ब २० करोड, नबिल बैँकले ४ अर्ब ९७ करोड,एनआईसी एसियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्ट बँैकले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १ सय ६२ र सिभिलको १ सय १५ प्रतिशतले नाफा बढेको छ । भने कृषि विकास बँैकको नाफा २६ प्रतिशत, हिमालयनको १७ र सानिमा बैँकको १ प्रतिशतले घटेको छ । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेको बेलामा पनि वाणिज्य बँैकहरूले नाफा कमाएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैँकहरूले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |