धादिङ,२१ साउन ।
स्थानीय तहमा निर्वाचिन जनप्रतिनिधिहरुलाई नेकपा माओवादी केन्द्र धादिङले बधाई तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय तह सदस्य निर्वाचन २०७९ मा धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा विजयी जनप्रतिनिधिहरुलाई माओवादी केन्द्र धादिङले बधाई तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार भई निर्वाचित हुनुभएका जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, गजुरी गाउँपालिका अध्यक्ष, गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया,रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल, थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु रहनुभएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समितिका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष सरल सहयात्री, केन्द्रीय सदस्यहरु पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |