धादिङ,२० साउन ।
आफुले पाउने मासिक तलब र भत्ताहरु सामाजिक काम लगाउने नीलकण्ठ नगरपालका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले घोषणा गर्नुभएको छ ।
मासिक तलब लगायत अन्य भत्ताहरु वडा अध्यक्ष अक्षय कोष स्थापना गरी जम्मा गर्ने र बालबालिका र बृद्धबृद्धाहरुलाई सहयोग गर्ने लक्ष्य रहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठले धादिङ सन्चारलाई जानकारी दिनुभयो ।
आमा बाबु नभएका बालबालिकाहरुको पठन पाठन र आर्थिक अभावको कारण उपचारमा समस्या भएका बृद्धबृद्धाहलाई अक्षय कोषबाट सहयोग गरिने श्रेष्ठले बताउनुभयो ।
चिर्वाचन अघि आफुले गरेको प्रतिबद्धता अनुसार अक्षय कोष स्थापना गरीएको बताउनुभयो ।वडा अध्यक्ष अक्षय कोष विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको भन्दै वडा अध्यक्ष श्रेष्ठले अब कार्यविधि बनाएर के केमा कसरी सहयोग गर्ने भन्ने टंग्याईने पनि बताउनुभयो ।
अक्षय कोष दर्ता भएकै दिन ३९ जनाले बढीले सहयोग प्राप्त भएको र ४ लाखको अक्षय कोष स्थापना भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |