काठमाडौँ,१९ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
त्यसपछि आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । जुन प्रधानमन्त्री देउवाकै नेतृत्वमा हुने भएकाे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |