काठमाडौँ,१९ साउन ।
चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।
पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने ।
उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रोपटक रिलिज भयो, अब हुँदैन । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने ।
‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारको अभिनय छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |