धादिङ,१७ साउन ।
यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिग चरणको अन्तिम खेलमा दुबै टोलीले १/१ को बराबरी खेलेका हुन्। यो सँगै बंगलादेश यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको हो ।
नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेलको नतिजा कुर्नुपर्नेछ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।नेपाल बराबरी गोलको खोजीमा थियो । बंगलादेशको अग्रता लामो समय टिकेन ।
६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि दुवै टोली गोल थप्दै अग्रता बनाउने प्रयासमा थिए ।तर दुवै टिमले गोल गर्न सकेनन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |