काठमाडौँ,१७ साउन ।
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।
किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका हुन् । किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।
गोलरक्षक चेम्जोङले सो अवसरको भिडियो इन्स्टाग्राममा सेयरसमेत गरेका छन् । ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’ उनले लेखेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’
टोलीको पुरस्कार बितरण समारोहमा किरणले आफ्नी प्रेमिका,उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए । कञ्चन पेशाले एयरहोस्टेज हुन्। उनीहरु केही वर्षदेखि प्रेममा रहेका थिए ।
सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण उत्कृष्ट गोलकिपर घोषितसमेत भएका छन्।
माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा हार बेहोर्यो ।
यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ । यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्यो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |