साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ। कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
आजको पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै, नेपालले फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच हुने दोस्रो खेलको नतिजा पनि कुर्नुपर्नेछ ।
पहिलो र दोस्रो खेलमा सानदार जित निकालेको नेपाल आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि फाइनल समीकरण कठिन बनेको हो ।
बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टु हेडमा अघि रहेको भारत स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १/१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |