काठमाडौँ,१६ साउन ।
एमाले महासचिव शंकर पोखरेलले देश हितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् ।
एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।
नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।
अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए ।
मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |