धादिङ,१५ साउन।
धादिङमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
आईतबार धादिङबेशीमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एस धादिङ जिल्ला कमिटी सदस्य हरु अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्र धादिङ जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल पनि एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनीले पार्टीमा स्वागत गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |